काठमाडौं– हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ। यस्ता मानिस बढी बोलिरहनुपर्ने हुन्छ। आफ्नाे कुरामा जिदि गर्ने र भनेको नमान्ने,अपशब्द बोल्ने, सानो कुरामा पनि बढि रिसाउने,मन सधैं चन्चल रहने हुन्छ।
सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन। बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जानाले पछि मात्र यो रोग लागेको थाहा पाउन सकिन्छ। सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन।
यसको लक्षणहरु
१. घमण्डी बन्ने,बढी फुर्ती लगाई कुरा गर्ने।
२. आफुलाई बिरामी भन्न रुचाउँदैनन्।
३. धेरै खुसी हुने तर भनेको नमाने झनक्क रिसाउने,पिट्ने।
४. बढी आशावादी हुने,सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने।
५. बढी पैसा माग्ने वा खर्च गर्ने।
६. पटकपटक ऐना हेरिरहने।
७. दुई–तीन घन्टा सुते पनि निद्रा पुग्ने।
८. एउटा काम सुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने।
उपचार
१. रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्ने किसिमिको व्यवहार नगर्ने अस्पताल लगी सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गर्ने।
२. यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७०–८० प्रतिशत रहन्छ। त्यसैले यसलाइ जटिल मानसिक रोग मानिन्छ। अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण देखिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसनको लक्षण–दिक्क हुने, रुने मर्छु भन्ने, राति निदाउन गाहो हुने देखिन्छ।
३. हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन्। त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ।