एजेन्सी– उत्तर कोरियाका नयाँ विदेशमन्त्रीमा रि सङ गेओन नियुक्त भएका छन्। यसअघिका विदेशमन्त्री रि योङ हो पदमुक्त भएपछि गेओनलाई उक्त पदमा नियुक्त गरिएको हो।
रि योङ होसँग अमेरिकी मामिलाबारे त्यति अनुभव नभएको र पूर्व सैनिक अधिकारी रहेका गेओनलाइ शुक्रबार नयाँ विदेशमन्त्रीमा नियुक्त गरिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ। अमेरिकासम्बन्धी मामिलामा अनुभव नभए पनि उनले दुई कोरियाबीच १५ वर्षको अवधिमा भएका विभिन्न वार्तामा भने सहभागी हुँदै आएका छन्।
हाल रोकिएको अमेरिकासँगको आणविक वार्ताप्रति नवनियुक्त विदेशमन्त्री गेओनले कडा नीति अख्तियार गर्न सक्ने अनुमान गरिएको छ। उत्तर कोरियाली सेनाका पूर्व कर्नेल गेओनले केही समयअघि दक्षिण कोरियासम्बन्धी मामिला हेर्ने एक सरकारी अङ्गको नेतृत्व समेत गरेका थिए।