एजेन्सी– चिसो मौसममा छाला सुख्खा हुनुकाे साथै छालाको नरमपना तथा चमक हराउने गर्दछ। जसले गर्दा धेरैको हातखुट्टा फुट्ने, हात खुट्टाको छालामा चिरा पर्ने समस्या उत्पन्न हुने गर्छ। त्यसैले, चिसोमा छालाको विशेष गरी यस्ता उपाय अवलम्बन गर्न जरुरी छ।
नुहाउँदा मनतातो पानीको प्रयोग
चिसो मौसममा तातो पानीको प्रयोग कसलाई मनपर्दैन ? अझ चिसोका कारण शरीर कापिरहेको छ भने त्यस्तो बेला तातो पानीले नुहाउन पाउँदाको मज्जा नै बेग्लै हुन्छ। नुहाउँदा अत्याधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपना कम हुँदै जान्छ। छाला सुख्खा हुने गर्छ। त्यसैले, जाडोमा छाला सुख्खा हुन नदिन पनि सकेसम्म मनतातो पानीको प्रयोग गरौ। नुहाउन साथ मोइस्चराइजर क्रिमको प्रयोग गरौ।
मोइस्चराईजर क्रिमको प्रयोग
मौसम अनुसार मोइस्चराईजर क्रिम पनि बेलाबेलामा बदलिरहनु पर्छ। विशेषगरी, जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनु पर्छ। किनकी आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ। जसले कुनै साधारण क्रिम वा लोशन भन्दा प्रभावकारी ढंगले काम गर्छ। बेलाबखत यस्ता लोशनमा ‘नाइट क्रिम’ पनि लेखिएको हुन्छ, जुन आफैमा आयल बेस्ड हुन्छ।
सन्सक्रिमको प्रयोग
गर्मीमा जति सन्सक्रिमको प्रयोग हुन्छ, उत्तिनै जाडोमा पनि सन्सक्रिमको प्रयोग गर्नु पर्दछ। किनकी जाडो मौसममा घाममा धेरै बसिने हुँदा घामको हानीकारक विकिरणले छालालाई असर पार्न सक्छ। त्यसैले, घाममा निस्कनु करिब आधा घण्टा पहिले अनुहार तथा हातमा ब्राण्ड स्पेक्ट्रम सन्सक्रिमको प्रयोग गर्नुपर्छ। यदी घाममा धेरै बेर बस्नु पर्छ भने उक्त सन्सक्रिमलाई पुन एक पटक प्रयोग गर्नु पर्छ।
हातको हेरचाह
शरीरको अनुपातमा हातको छाला केही पातलो हुने गर्दछ। त्यसमा तेलीय ग्रन्थी कम हुन्छ, जसले गर्दा शरीरको अन्य भागको तुलनामा हातलाई नरम राख्न केही मुश्किल हुनसक्छ। हात चिलाउने, फुट्ने, चिरा पर्ने समस्या अत्याधिक हुनसक्छ। त्यसकारण यस्ता समस्याबाट बच्नका लागि बाहिर जाँदा हातमा मोइस्चराइजर लगाएर पञ्जा लगाउनु पर्छ। त्यस्तै, ऊनी पञ्जा लगाउनु परेमा पहिले सुतीको पञ्जा लगाउनु पर्छ।
पैतालाको हेरचाह
जाडोमा आफ्नो पैतालालाई सुरक्षित राख्न पेट्रोलियम जेली तथा ग्लिसिनयुक्त लोशनको प्रयोग गर्नु पर्छ। किनकी जाडोमा छाला कक्रक्क पर्ने गर्छ। जसले गर्दा मृत छाला स्वत निस्कन थाल्छ। यस्तो बेला लोशनको प्रयोग प्रभावकारी मानिन्छ।
चिसो मोजा तथा पञ्जा नलगाउने
चिसो पञ्जा तथा मोजाको प्रयोगले हात खुट्टामा समस्या उत्पन्न हुन सक्छ। त्यसैले जाडोमा चिसो मोजा तथा पञ्जा लगाउनाले छाला चिलाउने, फुट्ने र दुख्ने गर्दछ।
मालिश गर्ने
जाडोमा छालाको नियमित मालिस गर्नु राम्रो मानिन्छ। छालालाई नियमित मालिसको लागि जैतुना वा अन्य कुनै तेलको प्रयोग गर्न सकिन्छ। यसले छाला नरम र चम्किलो बनाउँछ।