काठमाडौं – बालिकालाई १० रुपैयाँ दिएर बलात्कार गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन्। ओखलढुङ्गाको साविक सिंहदेवी गाविस–७ घर भइ भक्तपुरको सिपाडोल बस्ने ५६ वर्षीय पूर्ण बहादुर खड्का पक्राउ परेका हुन्। उनले भक्तपुरको जगाती घर भएकी एक १५ वर्षीया केहि दिनदेखी मानसिक अवस्था ठीक नभएकी बालिकालाई १० रुपैयाँ दिएर ललाई फकाई गरी बलात्कार गरेका थिए।
खड्काले बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति १ वर्षपछि पक्राउ परेका छन्। उनलाई उच्च अदालत पाटनको २६ कात्तिक २०७५ को फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। अदालतको फैसला सुनाएपछि फरार रहेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
२०७२ फागुन २१ मा खड्काले मानसिक अवस्थामा ठीक नभएकी बालिकालाई सिसडोलस्थित आफ्नै घरमा बोलाएर जबरजस्ती गरेको प्रहरीले जनाएका छन्।