काठमाडैं– चलचित्र विकास बोर्डको अध्यक्ष पद भएसँगै नयाँ अध्यक्ष काे बन्छ भन्ने चासाे बढिरहेकाे छ। निर्माता, निर्देशकदेखि कलाकारसम्म उक्त पदकाे लागि इच्छुक भएकाे खबरहरू सार्वजनिक भइरहेकाे छ।
नायक भूवन केसीदेखि निर्देशक दयाराम दाहालसम्म अहिले अध्यक्ष बन्न लबिङ गरिरहेका छन्। केही दिनदेखी नायक राजेश हमालदेखि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको नाम पनि नेपाली मिडियामा अगाडि आइरहेको छ।
यसैबिच चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूलाई अहिले नै बोर्ड अध्यक्ष बने कुनै चाहना नरहेको बताएका छन्। उनले अबको केही बर्ष चलचित्र निर्माण, निर्देशन र फिल्म सिटी निर्माणमा ब्यस्त रहने सामाजिक संजालबाट स्पष्ट पारेका छन्।