एजेन्सी– होटेल बाट समोसा, जेरी जस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएको होला, तर यसरी ल्याएको पकवानहरु खाँदा क्यान्सर जस्तो खतरनाक रोग लाग्ने जोखिम हुन्छ।
किनकी, पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको प्रयोग गरिएको छ, जुन खानेकुरामा टाँसिएर हाम्रो शरीरभित्र प्रवेश गर्दछन् अनि हाम्रो स्वास्थ्यलाई बिगार्दछ। खासगरी पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ।
यस्ता रसायनहरु शरीरमा प्रवेश गर्दा रक्त तथा फोक्सोको क्यान्सरको समस्या पैदा हुने गर्दछ। पत्रिकामा प्रयोग गरिएको मसीमा हानिकारक रसायन हुन्छ, जसले शरीरमा हर्मोनलाई असन्तुलित बनाउँछ। त्यसकारण विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा हुन्छ।
यसको मसीमा डिससोबुटिल थ्यालेट नामक रसायन पाइन्छ जसले अपचको गम्भीर समस्या पैदा गर्दछ। महिलाहरुको प्रजजन क्षमतामा पत्रिकामा हुने मसीको रसायनले समस्या पैदा गर्दछ भने शरीरको रोगप्रतिरोधक क्षमता घटाउँदछ। जसले शरीरको रोगसँग लड्ने क्षमता कम गर्दछ।