काठमाडौं– रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तैः स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छ। घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ।यो रोग कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई हाइड्रोफोबिया पनि भनिन्छ।
रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ। रोगी जनावरको र्यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए। त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो।
यसको लक्षणहरू
१. ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ।
२. त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ।
३. आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ।
४. बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ।
५. श्वासप्रश्वासमा पनि बाधा उत्पन्न हुन्छ्।
६. हृदयाघात र मृत्यु पनि हुन सक्छ।
यसको उपचार विधिहरु
१. घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने।
२. उपलब्ध भएमा घाउलाई ७० प्रनतित इथानोल अल्कोहोल वा पोशभडोन आयोडडन लगाउने।
३. कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने।
४. जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ।
५. कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन्।
६. कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्दछ।