एजेन्सी – बलीउड नायक शाहरुख खान फिल्म ठूलो पर्दाबाट टाढीएर रहेको १ बर्ष बढी भैसकेको छ। सन् २०१९ मा उनका कुनै पनि चलचित्र रिलिज भएनन् भने् २०२० लागिसक्दा पनि उनको कुनै पनी चलचित्रको घोषणा भएको छैन्।
शाहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको कुरा भारतीय मिडियामा फैलिएको लामै समय भैसकेको छ। तर, शाहरुखले यस बिषयमा भने केही पनि बोलेका छैनन्।
शाहरुख ट्विटरमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्दा ‘ चलचित्र असफल हुदाँ कस्तो लागेको छ’ भन्ने प्रश्ननमा ‘आर्शिवादमा विश्वास राख्नुहोस्, भन्ने जवाफ उनकाे थियाे। उनकाे एक पछी अर्को फ्यान धेरै फ्यानको प्रशन थीयो। त्यस्तै एक फ्यानले यो दशकमा के गर्नुहुन्छ भनेर सोध्दा शाहरुखकाे जवाफ यस्तो थियो ‘ दशकमा म मेरो जीवनकै उत्कृष्ट चलचित्रमा काम गर्छु।’
शाहरुख र फ्यानको सवालजवाफ ट्विटरको विश्व ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको थियो।