काठमाडौं – नेपाली चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वनिक भएको छ। गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, मानसकै शब्द रहेको छ।
यस गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई फिचरिङ गरिएको छ भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। भिडियोमा जय र संगीताको प्रेमभाव प्रस्तुत रहेका छ। यो चलचित्रमा देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। यस चलचित्रमा भारत र नेपालको बोर्डरमा हुने अपराधिक घटनाको कथालाई प्रस्तुत गरेको पाईन्छ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जयराज राय हुन्। उनी आफैले लेखेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ भने शारदा खड्का यसको सह–निर्माता हुन्।
चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, वुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारहरुको मुख्य भूमिको रुपमादेख्न सकिन्छ्। चलचित्र माघको १७ गतेबाट ‘दि कर्मा’ रिलिज हुने भएको छ।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=vfrsWvt2w3s&feature=emb_logo