एजेन्सी– सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण भएको थियो। उक्त आरोपमा पक्राउ परेका ४७ वर्षिय लिबियाली नागरिकलाई १९ वर्षको जेल सजाय सुनाइएको छ। अमेरिकी विशेष फौजले ४७ वर्षिय मुस्ताफ अलइमामलाई लिबियाबाट पक्राउ गरिएको थियो। उनी माथि आतंकवाद तथा अन्य अपराधमा मुद्धा चलाइएको हो।
मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ। सन् २०१२ मा लिबियाको बेंगाजीमा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अन्य तीन अमेरिकी मारिएका थिए।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उक्त जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई कडा सजाय दिने प्रतिक्रिया दिएका छन्। सन् २०१७ मा लिबियामा इमामलाई अमेरिकी विशेष फौजले अमेरिका ल्याएको थियो।
उक्त आक्रमणका अर्को दोषी अहमद अबु खट्टालालाई पनि २२ वर्षको जेल सजाय भएको छ। राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमा ठूलो तरंग ल्याएको थियो। तत्कालिन अमेरिकी विदेश मन्त्री हिलारी क्लिनटनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलेचना भएको थियो।