एजेन्सी– टी–२० क्रिकेटमा न्युजिल्याण्डका कप्तान केन विलियमसनले भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन्। विलियमसन कप्तानको रुपमा टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन्।
भारतविरुद्ध शुक्रबार भएको टी–२० सिरीजको पहिलो खेलमा अर्धशतक बनाएसँगै उनले उक्त विधामा धोनीलाई पछि पारेका हुन्। विलियमसनले टी–२० क्रिकेटमा १ हजार १ सय ३४ रन बनाएका छन् भने धोनीले १ हजार १ सय १२ रन बनाएका छन्।
टी–२० क्रिकेटमा कप्तानको रुपमा सर्वाधिक रन बनाउने खेलाडीकाे शीर्षस्थानमा दक्षिण अफ्रिकाका फाफ डुपलेसिस रहेका छन्। उनले १ हजार २ सय ७३ रन बनाएका छन्। सुचिको तेस्रो स्थानमा धोनी रहँदा भारतका कप्तान विराट कोहली चौथो स्थानमा छन्।