काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार ललिता रोकायाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँगै १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
भिमदत्त नगरपालिका वडा नं ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराइदिने भन्दै घुस माग गरेपछि खरिदार रोकायालाई अख्तियारले पक्राउ गरेको थियो।