काठमाडौं– गायक गम्बु शेर्पाकाे ‘वेलकम माइ हार्ट’ बाेलकाे नयाँ गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमबिच यो गीत सार्वजनिक गरिएको हो।
यस गीतमा शब्द तथा संगीत आशुसेन लामाको रहेको छ। गीतमा गायक गम्बु शेर्पाले स्वर दिएका छन् भने प्रकाश लामा र आशुसेन लामाले समेत उनलाई साथ दिएका छन्। यस गीतको भिडियो निर्देशन प्रदीप लामाले गरेका हुन्।
भिडियोमा प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाहीको अभिनय रहेको छ। बिगत २५ बर्षदेखि गायक गम्बु शेर्पा समाजसेवामा पनि क्रियासिल छन्।
https://youtu.be/LdAOW4kaOIs?t=58