एजेन्सी– चीनमा कोरोना भाइरस माहामारिको रुपमा फैलिएको छ। हजाँरौ प्रयास गर्दा पनि भाइरसको नियन्त्रणमा ल्याउन नसकिएपछि चीनले बुहान शहरमा एक छुट्टै अस्पताल निर्माण शुरु गरेको छ।
यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ। चिनियाँ अधिकारीहरुको अनुसार उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको हो।
अस्पताल १ हजार शैय्याको हुनेछ। दिनरात प्रयोग भइरहेका ३३ वटा डिगर्स र १० वटा बुलडोजर्सले एक हजार बेड क्षमताको हस्पिटल ६ दिनमा निर्माण गरिसक्ने जनाइएको छ।
चीनमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ भने सयौं संक्रमित छन।