पर्सा– पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारीले विद्यार्थीहरुमाथि कुटपटि गरेका छन्। वडा नं. ३ नगरदाहामा रहेको श्री महाबीर साह माध्यमिक विद्यालयको समस्या लिखित रुपमा पेश गर्न नगरपालिका कार्यालय पुगेका विद्यार्थीहरूलाई कार्यालयका कर्मचारी, घर साहु लगायतले कुटपिट गरेका हुन्।
नगरपालिकाका कर्मचारीको कुटाइबाट केहि विद्यार्थी घाइते भएका छन्। प्रदर्शनमा उत्रेका विद्यार्थी तथा सुरक्षाकर्मी बिच ढुंगामुडा भएपछि अजय साह, शंजय कुमार, पुनिता कुमारी, संजु कुमारी यादव, बालकिशोर, राहुल, लालमहम्द लगायत घाईत भएका हुन्। केही प्रहरीहरुलाई पनि समान्य चोटपटक लागेको बताइएकाे छ।
घाइतेहरुको उपचार भइरहेको बताइएको छ। नगरपालिकाका मेयर नितेन्द्र साहको गाउँमा रहेको उक्त विद्यालयमा लामो समयदेखि शिक्षकको अभाव भएको विद्यार्थीको गुनासो छ। त्यस्तै पठनपाठनको लागी आवश्यक पर्ने किताब उपलब्ध नभएको भन्दै अध्ययन अध्यापन समेत प्रभावित भएको अध्ययनरत विद्यार्थीले बताएका छन्।
विद्यायलकाे समस्याबारे पटक पटक मेयर शाहलाई जानकारी गराएपनि पनि उनले वास्ता नगरेको जनाइएको छ। विद्यालयको समस्या समाधान नभएपछि विद्यार्थीहरुले नगरपालिकाकाे कार्यालय घेराउ गरी शान्तिपूर्ण प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनमा अन्य मानिसहरु घुसी विद्यार्थीलाई उक्साई नगरपालिका कार्यालयमा आगजानीसमेत गरिएको छ।