एजेन्सी– चीनमा कोरोना भाइरसकाे संक्रमणबाट ४१ जनाभन्दा बढी माानिसकाे मृत्यु भइसकेकाे छ। महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरस विश्वका अन्य देशमासमेत फैलन सकने भन्दै सतर्कता अपनाउन आग्रह गरिएकाे छ।
यसैबिच चीनकाे वुहानमा बिरामीहरूको उपचारमा संलग्न चिकित्सक लियांग वुडोंगको दुःखद निधन भएको छ। आफ्नो जीवन जोखिममा राखेर विरामीको उपचारमा लागेका लियांग कोरोना भाइरसबाट मर्ने पहिलो डाक्टर हुन्।