माेरङ– आसन्न स्ववीयु चुनावको रौनक क्याम्पसहरूमा देखिन थालेको छ। यसै सन्दर्भमा उर्लावारी बुहुमुखी क्याम्पसको स्ववीयू सभापतिको उम्मेदवारमा नेकपा निकट अनेरास्ववीयुबाट दिलिप पोखरेलको चर्चा सुरू भएको छ।
विद्यार्थी राजनीतिमा भिजेका र उनीहरूको पीर,मार्कालाई बुझ्ने क्षमता भएका दिलिपलाई स्ववीयू सभापतिमा उठाउनुपर्ने माग पनि बढेको छ। अनेरास्सववीयू उर्लावारीको संयोजक समेत रहिसकेका दिलिप युवा संघ उर्लावारी–३ को वडा सचिव पनि हुन्। नेकपा उर्लावारीले उनलाई प्रचार विभागमा समेत मनोनित गरेको छ । यसका अलुवा उनी सामाजिक काममा पनि क्रियाशिल छन्। उर्लावारीका विभिन्न संघसंस्था मार्फत दिलिपको सामाजिक गतिविधि र क्रियाशिलता झलकन्छ।
सम्भावना बोकेका युवा र विद्यार्थीहरूको समस्यालाई नजिकबाट नियालेका दिलिपले क्याम्पसमा नेतृत्व राम्रो गर्न सक्ने विद्यार्थीहरू बताँउछन्। विद्यार्थी राजनीतिमा मात्र होईन, उनि मातृपार्टी नेकपामा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन्। विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दिलिपको यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ।
विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने दिलिप विद्यार्थीहरूको पीर,मार्का समस्याहरूमा साथ दिन्छन्। यस विषयमा उनीसँग कुरा गर्दा चर्चा हुनु स्वाभिक भएको र साथी,शुभेच्छुक र संगठनसँग सल्लाह गरेर अगाडि बढ्ने बताए।