काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीसँग छलफल गर्नकाे लागि उनी बालुवाटार गएकाे बताइएकाे छ।
देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग समसामयिक घटनाक्रमबारे कुराकानी गर्न सभापति बालुवाटार गएका हुन्। काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए।
सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ।