एजेन्सी– स्मार्ट फोनको विश्व बजारमा आफ्नो छुट्टै परिचय बनाएको सामसुङ कम्पनिले आगामी महिना आफ्नो फोल्डेवल फोन लन्च गर्दै छ। कम्पनिका अधिकारीका अनुसार उक्त फोनको मुल्य करिव १७१० अमेरिकी डलर पर्ने छ।
सामसुङले पछिल्लो समयमा आफूलाई अझ परिस्कृत गर्दै आफ्ना उत्पादनहरुले प्रयोगकर्तालाई अधिकतम सन्तुस्टि दिने रणनिति लिए सँगै निकाल्न लागिएको यो स्मार्ट फोन धेरैको प्रतिक्षाको फोनको रुपमा रहेको छ।
फेबु्रअरी ११ मा सन्फ्रान्सिस्कोमा एक कार्यक्रमका विच सार्वननिक गर्न लागिएको उक्त स्मार्ट फोनको नाम ग्यालेक्सी जेड फ्लिप रहेको छ। यो स्मार्ट फोन सामसुङको क्ल्याम्पसेल टाइपको स्मार्ट फोन हो। कम्पनिले सोही मितिमा सोही फोनको अर्को भर्सन ग्यालेक्सी एस २० पनि सार्वजनिक गर्दै छ।
विज्ञहरुका अनुसार ग्यालेक्सी जेड फ्लिपको मुल्य सामसुङको पहिलो फोल्डेवल स्मार्ट फोन भन्दा सस्तो हुने प्रक्षेपण समेत गरेका छन्। गत बर्ष सार्वजनिक गरिएको उक्त फोनको मुल्य २००० अमेरिकी डलर रहेको थियो।
कम्पनिका एक अधिकारीका अनुसार कम्पनि हाल ग्यालेक्सी जेड फ्लिपको मुल्यलाई अझ घटाउन सकिने बारेमा अध्ययन गर्दै छ। सम्भव भएमा यो फोन अझ सस्तो मुल्यमा बजारमा लन्च गर्ने पनि उनले बताए।