एजेन्सी– जापान युद्ध ताकाकी एक कोरियन यौन दासी महिलाको गत विहिवार मृत्यु भएको कोरियाको लैङ्गिक मन्त्रालयले बताएको छ। परिवारले उनको परिचय गोप्य राख्ने शर्तमा बताए अनुसार उनी कोरिया जापान युद्ध (दोश्रो विश्व युद्ध) ताका भएका यौन दासीहरु मध्ये एक हुन्।
परिवार श्रोतका अनुसार हाल जापान युद्ध ताकाका जिवित यौन दासीहरुको संख्या १९ रहेको छ। सरकारी तथ्यांक अनुसार उक्त समयमा जापानी सैनिकहरुले धेरै महिलाहरुलाई यौन दासी बनाएका थिए। उनीहरु मध्ये २४० जना सरकारी अभिलेखमा नै यौन दास पिडितको रुपमा दर्ता भएका थिए।
गएको बर्ष ५ जना जापानी सैनिकले बनाएका यौन दासीहरुको मृत्यु भएको थियो । कोरियाको लैङ्गिक मन्त्रालय सम्हालेका मन्त्री लि जङ्ग ओकले उनको निधनमा गहिरो दुःख व्यक्त गर्दै आफूहरु पिडितलाई समाजमा सहज पुनस्थापनाका लागि निति तथा कार्य योजना बनाएर अगाडी बढेको तथा बाँकी त्यस्ता महिलाहरुको सहज बसोवासका लागि समेत सरकार प्रतिवद्ध रहेको जानकारी उनले दिएका छन् ।
इतिहासकारहरुका अनुसार दोश्रो विश्व युद्ध ताका करिव दुई लाख महिलाहरुलाई जापानी सेनाहरुले यौन दासीको रुपमा प्रयोग गरेका थिए जसमा धेरै कोरियाली महिलाहरु रहेका थिए।