एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना र भ्यालेन्सिया भिड्दै छन्। खेल भ्यालेन्सियाको घरेलु मैदानमा नेपाली समयअनुसार ८ः४५ बजे शुरु हुनेछ।
भ्यालेन्सिायाविरुद्धको खेलमा बार्सिलोना दबाबमा हुनेछ। अवे मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई अंक तालिकाको शीर्षस्थान जोगाउन भ्यालेन्सियाविरुद्धको खेल जित्नैपर्ने हुन्छ।
त्यस्तै घरेलु मैदानमा हुने खेलमा लिग लिडर बार्सिलोनालाई पराजित गर्ने दाउमा भ्यालेन्सिया रहेको छ। बार्सिलोनालाई पराजित गरेमा भ्यालेन्सियाले लिगमा आफ्नो स्थान सुधार गर्नेछ।