एजेन्सी– वैज्ञानिकहरूले सबै प्रकारका क्यान्सरकाे उपचार हुने ‘टी–सेल’ पत्ता लागेकाे बताएका छन्। बेलायतका वैज्ञानिकले लामाे समयकाे अध्ययनपछि ‘टी–सेल’ पत्ता लागेकाे र पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको निकाे पार्ने दाबी गरेका छन्।
बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार सम्भव भएको पुष्टि गरेका हुन्। वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ। यो ल्याबमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण नगरिएको बताएका छन्।
जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ। कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन्। जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ।