काठमाडौं– लिम्बू भाषाका अध्यता इमानसिंह चेम्जुङको योगदानसम्बन्धी विषयवस्तु समेटेर तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ। इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित विशेष वृत्तचित्र प्रदर्शनी समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उक्त वृत्तचित्रको शुभारम्भ गरे।
करिब ४५ मिनेट समयको उक्त वृत्तचित्रमा इमानको व्यक्तित्व, लिम्बू भाषा, संस्कृति र अनुसन्धानमा पु¥याएको योगदानको चर्चा गरिएको छ। इमानले लिम्बू भाषाका कतिपय कृतिलाई सरलीकृत गरेर देवनागरी लिपिमा ढलेको थियो।
सिक्किममा सन् १९०४ मा जन्मनुभएका इमानले किरात तथा लिम्बू भाषा, संस्कृति र लिपि संरक्षणका प्रवर्तकका रुपमा चिनिनु हुन्छ। पत्रकार सन्छेलुङ पतङवा उक्त वृत्तचित्रको निर्देशक छन्। (रासस)