काठमाडौँ, २४ माघ – सामाजिक सञ्जाल फेसबुकले मेसेञ्जर प्रयोगकर्ताका नयाँ फिचर ल्याएको छ। फेसबुकले अनसेण्डसहितका केही फिचर थपेको छ। अब फेसबुक मेसेञ्जर प्रयोगकर्ताले मेसेञ्जरमा पठाएको मेसेज डिलिट गर्न सक्ने गरी फिचर थपिएको छ। यसरी पठाउनेले पठाइसकेर पाउनेको च्याट बक्समा पुगिसकेका मेसेजहरु पठाउनेले डिलिट गर्न सक्नेछन्। डिलिट गरिसकेका मेसेज पाउनेको च्याटबक्सबाट पनि आफै डिलिट हुनेछन्। तर, मेसेञ्जरमा पठाइएका मेसेज निश्चित समयमा डिलिट गरिसक्नु पर्ने नियम फेसबुकले ल्याएको छ। जसअनुसार १० मिनेटभित्रै मेसेज डिलिट गर्नुपर्ने हुन्छ यसअघिसम्म मेसेन्जरमा प्रयोगकर्ताले आफ्नो च्याटबक्सबाटमात्रै मेसेज डिलिट गर्न सक्ने फिचर फेसबुकमा थियो।