काठमाडौं – पूर्व पशुपंक्षी विकास मन्त्री श्रीप्रसाद जबेगुद्वारा लिखित ‘साप्थबा’ (लेखिराखेको) नामक कथासङ्ग्रह सार्वजानिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, याक्थुङ लेखक सङ्घका केन्द्रीय सदस्य सागर केरुङ र रचनाकार जबेगुले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजानिक भएको छ।
पूर्वकुलपति काइँलाले कथा सङग्रहभित्रका रचनाले जीवनको भावलाई उजागर गरेको बताए। कथासङग्रहभित्र विभिन्न शीर्षकका १५ कथा समावेश गरिएका छन्।