काठमाडाैं- आगामी चैतमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)मा वेस्ट इन्डिजका ड्वाइन स्मिथले टिम भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन्। भैरहवाले स्मिथसँग सम्झौता गरेको शनिबार पुष्टि गरेको हाे।
बार्बाडोसमा जन्मिएका ३६ वर्षीया स्मिथले वेस्ट इन्डिजबाट टेस्ट, टी-२० र एकदिवसीय क्रिकेट खेलिसकेका छन्। साथै उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियन्सबाट पनि खेलेका थिए।
पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिग खेलेको अनुभवसमेत भएकाे उनी भैरहवाको आइकोनिक खेलाडीको रुपमा आउदा टिमका लागि मात्र नभइ नेपाली क्रिकेटका लागि राम्रो हुने भएकाे छ।
स्मिथ टिममा हुँदा आफूहरू उत्साहित भएकाे टिम कप्तान शरद भेषवाकारले बताए। यस्तै स्मिथ पनि भैरहवाबाट खेल्न पाउँदा निकै उत्साहित रहेकाे र मैदानमा उत्रनका लागि आतुर भएको बताए।