पोखरा– सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ।
समाजद्वारा निर्माण गरिएको रिञ्छिन तोर्जेट तामाङ शान्ति गुम्बामा शनिबार आयोजित कार्यक्रममा अपाङमैत्री सङ्घ कास्कीलाई सेतो छडीसहित रु १० हजार नगद प्रदान गरिएको छ।
नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष हरिजंग तामाङले ल्होछार एकताको चाड भएको बताउँदै भाषा र संस्कृतिले नै जातिको अस्तित्व बचाइराख्ने विश्वास व्यक्त गरे।
हेल्पिङह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चीनबाट फैलिएको कोराना भाइरसको सङ्क्रमण, लक्षण र रोकथामका उपायबारेमा जानकारी गराएका थिए।