काठमाडौं – ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरेका हुन्।
विभागका माहनिर्देशक सुमन दाहालका अनुसार नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सक्नेछन्। दाहालले नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको र अब भन्सार हरेक नेपालीको गोजीमा रहेको बताए।
एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ। यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ। अब ड्यास बोर्डबाट प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सक्नेछन्।