काठमाडौं – बालबच्चामा धेरै मोटोपनको समस्या हुन्छ। मोटोपनले भद्दा देखिने मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउँछ। बालबच्चाको मोटोपन अहिलेका अभिभावकका निम्ति टाउको दुखाईको विषय बनेको छ।
पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ। अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ। बच्चामा मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ। आफ्ना बालबालिकालाई धेरै खुवाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन्।
यसको असरहरु ?
मोटोपन आफैमा समस्या हो। स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन। मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ। हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन। मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुनसक्छन्।
मोटोपन कसरी नियन्त्रण गर्ने ?
– खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ।
– धेरै समयसम्म मोवाइल, कम्युटर, टिभीमा व्यातित गर्नदिनु हुँदैन।
गेम खेल्दै खाने बानी छुटाउनु पर्छ।
– उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ। भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ।
– भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन्।
– फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ।
– राती धेरैबेर बस्न दिनुहुँदैन। छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ। पर्याप्त निन्द्रा पुग्नुपर्छ।
– कोल्ड ड्रिंकको साटो पानी पिउन दिनुपर्छ।
– इनडोर गेमभन्दा वाहिरी गेमले उनीहरुलाई प्रेरित गर्नुपर्छ। खुला रुपमा उफ्रिन, दौडिन दिनुपर्छ।