काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको छ। विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’ बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको हाे। चीनको सांघाइबाट फर्केका अर्का एक जनामा पनि ‘कोरोना भाइरस’ संक्रमणको आशंका गरी उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखेर उपचार थालिएको छ।
यससँगै नेपालमा दुइ जनामा काराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ। उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिएका छन्। नेपालमा पनि ‘कोरोना भाइरस’ भित्रिएसँगै सर्वसाधरणामा त्रास बढेकाे छ। सरकारले ‘कोरोना भाइरस’ बारे जानकारी लिइ सचेत रहन सबैमा आग्रह गरेकाे छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार सरकारले कोरोना भाइरस संक्रमितलाई राख्न भनेर तीन वटा अस्पताल तोकिएको छ। ती अस्पतालमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पताल रहेका छन्। यसको संक्रमण भएको व्यक्ति भेटिएमा एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको छ।