एजेन्सी– ‘क्याप्टेन मार्भल’को सिक्वेल बन्ने भएको छ। ‘क्याप्टेन मार्भल’का फ्यानहरुको लगि याे खुशीको खबर हाे। डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यस फिल्मको कहानी लेखिरहेकी छिन्।
फिल्म सन् २०२२ मा रिलिज हुने जनाइएको छ। सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न सकिनेछ। यद्यपि फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन।
निर्माताले फिल्मको निर्देशकको खोजी गरिरहेका छन्। ‘क्याप्टेन मार्भल’ ले विश्वव्यापी रुपमा चर्चा कमाएका कारण पनि यसकाे सिक्वेल बन्ने खबरले दर्शक उत्साहित बनेका छन्।