एजेन्सी – भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)ले आफ्नो पहिलो मानिसजस्तै देखिने महिला रोवोट (ह्युमोयड) को पहिलो प्रोटोटाइप पेश गरेको छ। यस रोबोटको नाम व्योममित्र राखिएको छ।
डिसेम्वर २०२१ मा पठाईने मानव अन्तरिक्ष मिशनमा व्योममित्रले पुरुष अन्तरिक्षयात्रिलाई सहयोग गर्ने्छिन्। गगनयान प्रोग्राम अन्तर्गत व्योममित्रलाई यस वर्षको अन्त्यमा र आउदो वर्ष पनि मानव रहित मिसनमा पठाइने छ।
बेंगलोरमा यसै हप्ता भएको मानव अन्तरिक्षयान र अन्वेषणः वर्तमान चुनौतीहरु र भविष्यको प्रवृत्ति विषयक ३ दिने अन्तर्राष्ट्रिय गोष्ठिमा व्योममित्रलाई सार्वजनिक गरिएको थियो। जुन कार्यक्रमको सबैभन्दा आकर्षक प्रस्तुती रहेको थियो।
कार्यक्रममा उपस्थित मानिसहरु व्योममित्रले आफ्नो परिचय आफैंले दिएकोमा अचम्मित भएका थिए। रोबोटले सबैलाई मेरो नमस्कार, म व्योममित्र हुँ र मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिलो मानवरहित गगनयान मिशनको लागी बनाइएको हो भनेर आफ्नो परिचय दिएको थियो।
उनले आफु पुरा यानको मापदण्डलाई निगरानीमा राखेर अरुलाई सचेत गराउने र स्विच प्यानलको संचालन सहित विभिन्न काम गर्न सक्ने बताइन्। अन्तरिक्ष केन्द्रले हाल देखाईएको प्रोटोटाइपमा थप काम गरिरहेको जानकारी दिएको छ। यो अल्गोरिदम लजिकमा आधारित रहेर तयार पारिएको हो।
भारतले डिसेम्वर २०२१ मा मानव मिसनलाई अन्तरिक्षमा पठाउनु पहिले इसरोले दुई मानवरहित मिसन डिसेम्बर २०२० र जुन २०२१ मा अन्तरिक्षमा पठाउने छ। बीबीसी