काठमाडौं– प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।
सभामुखमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको बताएको छ। बैठकमा सापकोटाका तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
सापकोटाको समर्थन पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गर्ने कार्यसूची रहेको बताएको छ।