एजेन्सी– सुन्दरताप्रति आकर्षित नहुने मानिस विरलै होलान्। एउटा अनुसन्धानका अनुसार विश्वका सबैभन्दा सुन्दर र बुढ्यौलीले समेत कुनै असर नपर्ने महिलाहरु पाकिस्तानमा रहेका छन्। ती महिला हुन्जा समुदायमा पर्दछन्। उक्त समुदायका महिलाहरु विश्वकै सुन्दर महिला मानिन्छन। उनीहरुको सुन्दरताको चर्चा विश्वभर भैरहेको छ।
उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्दछन्। अनौँठा कुरा चाहि के छ भने हुन्जा समुदायका महिलाहरुलाइ नत बुढेस कालले छुन्छ न त उनिहरुलाइ कुनै रोग नै लाग्छ। बुढ्यौलीपनले कुनै प्रभाव नपार्ने र उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्ने गर्दछन्।
उक्त समुदायका महिलाहरु साच्चिकै निकै सुन्दर छन्। तिनीहरू सबैभन्दा आयु लामो भएका ,सबै भन्दा खुसी, सुखी तथा स्वास्थ मानिसको रुपमा चिनिन्छन्। यो समुदायका मानिसहरु कहिल्यै पनि बिरामी हुँदैनन्। यो समुदायका मानिसहरु आफुलाई सिकन्दरका सेनाका सन्तान बताउँछन्।
ती महिलाहरु १ सय ६० वर्षसम्म बाँच्छन्। यहाँको औषत आयुनै १ सय २० वर्ष रहेको छ। उक्त महिलाहरुले ६५ वर्षको उमेर सम्म बच्चा जन्माउने गर्दछन्। यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको कारण चाहि उनीहरुको खानालाई मानिन्छ। उनीहरु ताजा साग पात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ प्रशस्तै खान्छन्। त्यसैले उनिहरु धेरै लामो समयसम्म बाँच्दछन्।त्यहाँको महिला यति आर्कषित कि उनीहरुलाई हेर्नको लागि भए पनि हजारौ पर्यटक त्यहाँ जाने गर्छन्।