एजेन्सी– बलिउडका चर्चित नायक रणवीर सिंह आफ्नो अभिनयसँगै पहिरनको कारण पनि निकै चर्चामा छन्। रणवीरको पहिरन(डे्रसअप) प्रायलाई अनौठो लाग्छ। उनी अरु बलिउड नायकहरुले लगाउने भन्दा छुट्टै खालको पहिरो लगाउन मन पराउछन्।
रणवीरले सामाजिक संजालमा कालो सर्ट, मल्टिकलर ट्राउजर्स र चश्मा लगाएको एउटा तस्वीर पोष्ट गरेका छन्। उनको यो तस्वीर सामाजिक संजालमा ट्रोल बनेको छ। धेरै प्रयोगकर्ताले यो कस्तो पहिरन हो भन्दै आलोचना गरेका छन्। कतिपयले नायिका दीपिका पादुकोणको पहिरन लगाएर रणवीर हिडेको भन्दै आलोचना गरेका छन्।
केही बलिउड कलाकारले भने उनको प्रशंसापनि गरेका छन्। कलाकार सोनु सुदले भिन्न देखिनका लागि हिम्मत चाहिने भन्दै उनको प्रशंसा गरेका छन्। केही कलाकारले उनलाई वास्तविक रकस्टार भनेर पनि प्रशंसा गरेका छन्। रणवीर अहिले चलचित्र ‘८३’को प्रचारमा व्यस्त छन्।