चन्द्रौटा — कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा ११३ जना लाभान्वित भएका छन्। मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए।
पछिल्लो समयमा विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसलाई समयमै स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्ने प्रदेश न ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए। मनोरोग विशेषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दाबी गरे । समाजमा झारफुक गरे ठिक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने उनले बताए।
धेरैको समस्या मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको सङ्ख्या बढी रहेकाले यसबाट मुक्त हुन आफ्नो ब्यवहारसमेत परिर्वतन गर्नुपर्ने उनको भनाइ छ। शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले ११३ मध्ये ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए। रासस