सिरहा — अवैध रुपमा बोकेर हिँडेको चाँदीका गहना सहित २ जना पक्राउ परेका छन्। लाहान नगरपालिका–८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७ सय ५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका–८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन्। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।