एजेन्सी – चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले आगामि वर्षसम्ममा आफ्नो कम्पनीको हालसम्मकै सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
हालै आएको रिर्पोटअनुसार २०१९ मा ६९ लाख फाइभ जी स्मार्टफोन शिपमेन्टको साथ ह्वावे फाइभ जी स्मार्टफोन मार्केटमा सबैभन्दा अगाडि रहेको छ। यो आंकडा चीनमा बिक्री भएको फाइभ जी फोनमध्येको आधा भाग हो। यसमा ह्वावे मेट एक्स पनि शामेल रहेको छ।
हुवावे मेट एक्समा बालोङ्ग ५००० प्रोसेसरको प्रयोग गरिएको छ। यो इन्डस्ट्रीको पहिलो ७एमएन मल्टी मोड फाइभ जी टर्मीनल चिपसेट हो। यो चिप एसए र एनएसए दुबै नेटर्वकलाई सर्पोट गर्दछ।
यसबाहेक यसै चिपसेट ह्वावे मेट २० एक्स फाइभ जी र नोभा ६ फाइभ जीमा पनि प्रयोग गरिएको थियो। कम्पनीले मेट ३० सीरीजपनि लन्च गरेको छ जसमा फ्ल्यागशिप किरिन ९ सय ९० चिपसेटको प्रयोग गरेको थियो। यस चिपसेटले पनि फाइभ जी नेटर्वकलाई सर्पोट गर्दछ।

ह्वावेको आउँदो फाइभ जी स्मार्टफोनमा अफोर्डेवल फाइभ जी इनबल्ट चिपसेटको प्रयोग गर्ने छ। यस सस्तो डिभाइसमा मीडियाटेक १००० एच र क्वालकम स्न्यापड्रयागन ७ सय ६५ जस्ता सस्तो चिपसेट लगाइने रिपार्टमा उल्लेख छ।
कम्पनीकाअनुसार सो प्रविधि मुख्यरुपमा प्रयोगमा आउनासाथ फाइभ जी स्मार्टफोन सस्तो हुने छ। यसको मूल्य १८ हजार रुपैयाँ भन्दा कम हुने बताईएको छ।