एजेन्सी– ह्वाट्सएपले आफ्नो डार्क मोड फीचर सार्वजनिक गरेको छ। इन्टरनेटमा पछिल्लो केहि समयदेखी यस फीचरलाई लिएर निकै चर्चा परिचर्चा भएको थियो। र अहिले ह्वाट्सएपले यस फीचरलाई प्रयोगकर्तामाझ प्रस्तुत गरेको छ।
ह्वाट्सएपको सेटिङ्गस भित्रको थीम सेक्सनमा यस फीचरलाई ‘डार्क’ नाम दिइएको छ। यस मोडले एपको पुरा युआईलाई गाढा रङगमा बदलिन्छ। यस बाहेक यस फीचरलाई सुरु गरेपछि एपको होम स्क्रीन र सेटिङ्स मेन्यु पनि गाढा रङगमा परिर्वतन हुन्छ।
यद्यपी च्याट भित्र भने ह्वाइट वा प्रयोगकर्ताले छानेको ब्याकग्राउण्ड नै रहनेछ, तर च्याट बबलमा भने गाढा कलर आउनेछ। हाल ह्वाट्सएपले यस डार्क मोड फीचरलाई केवल बीटा टेस्टर्सको लागी मात्रै जारी गरेको छ।
यस फीचरको स्टेबल भर्जन कहिले आउने छ यसको बारेमा भने कम्पनीले कुनै जानकारी दिइएको छैन। तर बीटा भर्जनमा आईसकेकाले यस फीचर चाँडै नै स्टेवल भर्जनमा उपलब्ध हुने पक्का भएको छ।
ह्वाट्सएपले यस डार्क फीचरलाई एक अपडेटमार्फत जारी गरिसकेको छ। बीटा टेस्टर आफ्नो गूगल प्ले स्टोरको माध्यमबाट यसलाई अपडेट गराउन सक्दछन्। यस अपडेट एपलाई २.२०.१३ भर्जनमा अपडेट गरिएको छ। यदि तपाईँपनि बीटा टेस्टर हुनुहुन्छ भने यसलाई ह्वाट्सएप बीटा भी २.२०.१३एपिके को एपिकेमीरर बाट डाउनलोड गर्न सक्नुहुनेछ।
यदि बीटा टेस्टरलाई अपडेट गरेपछि पनि र्डाक मोड देखिरहेकाे छैन भने उनिहरुले एपलाई डिलिट गर्नुपर्ने हुन्छ। जसपश्चात यसलाई गूगल प्ले स्टोर वा एपिकेको लिंकबाट यसलाई फेरी इन्स्टल गर्नुपर्ने हुन्छ। स्मरण रहोस् एपलाई डिलिट गर्नुपहिले आफ्नो च्याट ब्याकअप लिन नभुल्नुहोला।
सम्बन्धित समाचार
डार्कमोड फीचर अब ह्वाट्सएपमा पनि