काठमाडौं– ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने कुराको हाल निकै चर्चा भइरहेको छ। यसैबीच यो फिल्मको लागि निर्देशक घोषण गरिएको छ। निर्माण कम्पनिले निर्देशनको जिम्मा ‘सेल्फी किङ’ डेब्यू निर्देशक विशाल सापकोटालाई दिएको छ।
उनले अब यो फिल्ममा क्याप्टेनको जिम्मा सम्हाल्ने भएका छन्। निर्देशनमा विशाल अनुबन्ध हुँदा निर्माण कम्पनि ‘युवा फिल्मस्’ले ‘जी २१ फिल्मस्’सँग ब्यानरमा साझेदारी पनि गरेको छ। ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’ का केशव खड्का र आशिष श्रेष्ठले बताए।
यसअघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको फिल्म ‘दुई रुपैयाँ’ सफल फिल्मको सुचीमा छ। फिल्ममा कलाकारहरु भने तय भइसकेको छैनन्। निर्देशक सापकोटाको ‘सेल्फी किङ’ यहि माघ २४ बाट दर्शकमाझ आउँदैछ।