एजेन्सी– १३ वर्षकी एक बालिकाले आफ्नो गर्भमा हुर्किरहेको बच्चा आफ्नो १० वर्षका प्रेमीको भएको दाबी गरेकी छिन्।बालिकाको अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम भएको थियो। इभान नामका बालक र डरिया नामकी बालिका रुसको झेलेग्नोगोर्स्क शहरका हुन्।
द सनको रिपोर्ट अनुसार यी दुवै एक टेलिभिजन शोमा सहभागी भएका थिए। उनीहरुले टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिए। द रसिया वन च्यानलको शो ‘फादर एट टेन’ मा उनहिरुको कहानी प्रसारण भएको थियो। यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन्।
बालिका भने यो कुरा मान्न तयार छैनन्। रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन्। रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए। अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए।
यो जोडीलाई लिएर स्थानीय समाजमा भने गम्भीर बहस सुरु भएको छ। ८ महिनाकी गर्भवती डरिया र उनकी आमा बच्चालाई हुर्काउन चाहन्छन्। डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन्।