एजेन्सी– टी–२० क्रिकेट सिरीजको दोस्रो खेलमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले हराएको छ। आइतबार भएकाे खेलमा न्युजिल्याण्डले दिएको १ सय ३३ रनको विजयी लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।
भारतको जितमा केएल राहुलले अर्धशतकीय पारी खेले। उनले ५० बलमा ५७ रन बनाए भने श्रेयस लेयरले ३३ बलमा ४४ रन बनाए। न्युजिल्याण्डको बलिङमा टिम शौथीले २ तथा इश शोधीले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। न्युजिल्याण्डको लागि मार्टिन गुप्तीलले २० बलमा ३३ रन, टिम सेइफर्टले २६ बलमा ३३ रन बनाए।
भारतको बलिङमा रविन्द्र जडेजाले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए भने शिवम ड्युब, जसप्रित बुम्राह र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए।
टी–२० सिरीजको पहिलो खेलमा पनि भारत विजयी भएको थियाे। भारतले न्युजिल्याण्डलाई ६ विकेटले हराएको थियो। यससँगै ५ खेलको सिरीजमा भारत २–० ले अगाडि बढेको छ।