काठमाडौं– होन्डा मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारीसाधन हो। नेपालमा बिगत ५० वर्षदेखि बिक्री वितरण हुँदै आएको होन्डाले अहिले मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ।
होन्डाको आधिकारीक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले स्कुटरमा डियो, ग्राजीया, एभिएटर र एक्टीभाको नेपालमा बिक्री वितरण गर्दै आएको छ। त्यस्तै मोटरसाइकलमा एक्सव्लेड, साइन, हर्नेट, यूनिकर्न, सिडी ११०, नाभी, ड्रिम युगा, टुइस्टर, स्टनर, ट्रिगर, एक्सआर सिरिज लगायत बिक्री गर्दै आएको छ।
कम्पनीले नयाँ वर्ष २०२० सुरु भएसँगै बिक्री गर्दै आएको मोटरसाइकल र स्कुटरकाे नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। बिक्री गर्दै आएको होन्डाका स्कुटर तथा मोटरसाइकलको मूल्यसूची यसप्रकार छः