एजेन्सी– अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन्। तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको हवाई आक्रमण परी उनीहरु मारिएका हुन्।
अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकूहरुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको थियाे।
लडाकूहरु लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए। घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ।