एजेन्सी – टीभीएस मोटर्स इन्डियाले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ। टिभिएसले हिजो १ लाख १५ हजार भारु मूल्य तोक्दै आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो।
कम्पनीले प्रयोग गरेको व्याट्री, सफ्टवयर, टेक्नोलोजी सबै भारतमा तयार भएको जानकारी दिदैँ कम्पनीले अब हरेक महिना १००० यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने टीभीएसका चेयरम्यान भेनु श्रीनिवासनले जाकारी दिए।
बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको १० दिनपछि नै टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले ४.४ किलोवाट क्षमताको व्याट्री प्याक दिएको छ भने एक पटकको फुलचार्जमा ७५ किलोमिटर चलाउन सकिने जानकारी दिएको छ।
आइक्यूवको टप स्पीड क्षमता ७८ किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा थुप्रै कनेक्टीभीटी फिचर उपलब्ध रहेको छ। यसमा चालकले स्मार्टफोन कनेक्टीभिटी पाउने छन् भने रिभर्स गियरसमेत दिइएको छ।रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित आएको यो स्कुटरले ० देखि ४० किलोमिटरको स्पीड ४.२ सेकेन्डमा पाउने जनाइएको छ।