एजेन्सी– भारतमा गणतन्त्र दिवस मनाइँदै गर्दा आसाममा चार ग्रिनेड विस्फोट भएको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। तीन वटा विस्फोट दिब्रुगढ र एउटा विस्फोट चराइदियो जिल्ला भएको जनाइएको छ।
दिब्रुगढमा भएको एउटा विस्फोट ग्राहम बजार तथा अर्को विस्फोट एटी सडकमा भएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दिब्रुगढकै दुलियाजान शहरमा भएको विस्फोटको विस्तृत विवरण भने आइनसकेको बताइएको छ।
चराइदियो जिल्लामा भएको विस्फोट भने टियोक घाटमा भएको बताइएको छ। घटनाको पछाडि म्यान्मारमा अवस्थित विद्रोही समूह उल्फा रहेको प्रहरीले अनुमान गरेको छ। उल्फाले आसाममा आज बिहान देखि बेलुकासम्म हडतालको आव्हान गरेको छ।