एजेन्सी– आफ्नो बच्चाको सुरक्षाका लागि मानिसहरुले के नगर्लान्? अनि सुत्ने समयमा पनि बच्चालाई सहज होस् भन्ने धेरैको कामना गरेका हुन्छन्। तर, जब कुनै बच्चा एक भूतसँग सुतिरहेको पाइन्छ, तब के हुन्छ? पक्कै पनि बाबुआमाको होशहवास उड्छ।
एउटा यस्तै घटना आएको छ, अमेरिकामा। अमेरिकाको इलिनायको एक तस्वीर अहिले सामाजिक सन्जालमा पनि भाइरल भइरहेको छ जसका कारण मानिसहरु अचम्ममा परेका छन्। यो तस्वीरमा खासमा एउटा बच्चा भूतको बच्चासँग सुतिरहेको जस्तो देखिन्छ।
फक्सन्युजमा प्रकाशित यो समाचारअनुसार १८ महिने बच्चा अर्को एक बच्चासँग सुतिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो। अनि ती बच्चाकी आमा मार्टिजाले सिसिटिभीबाट लिइएको तस्वीर राख्दै लेखेकी थिइन्– म त यति डराएँ, अचानक बत्ती लिएर बच्चाको कोठामा पुगेँ, तर म पुग्दा त्यो सिसिटिभीमा देखिएको जस्तो बच्चासँग अरु कोही देखिएन। म झन् डराएँ, भूतको बच्चा हाम्रो बच्चाको बेडरुममा आएको रहेछ।
उनको यो स्टाटस भाइरल पनि भयो। तर, लगत्तै वास्तविकता बाहिर आयो। खासमा भूतको बच्चा भनेर मार्टिजाले जेलाई सोचेकी थिइन् त्यो ट बेडसिटमा राखिएको एउटा स्टिकर रहेछ जुन बच्चाको तस्वीरजस्तै बनेको थियो।