काठमाडौं – हजार रुपैयाँको नोटमा दुईवटा हात्तीको तस्वीर राखिने भएको छ।
अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै अब दुईवटा हात्तीको चित्र राखिने जानकारी दिए।
अबको ६ महिनाभित्र दुईवटा हात्तीको चित्र भएको नयाँ हजार रुपैयाँको नोट प्रचलनामा आउने राष्ट्र बैंकले जनाएको छ।