एजेन्सी– इराकको राजधानीमा रहेको अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट आक्रमण भएकाे छ। राजधानी बगदादमा रहेको नदी किनारमा कातुषा नामको रकेट आक्रमण भएको अमेरिकी संयुक्त अपरेसन कमाण्डरलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा धवस्त भएको समाचारमा जनाइएको छ। यो महिना दुतावासमा भएको तेस्रो आक्रमणमा हो। गत पुस १८ गते इरानका सैन्य कमाण्डर कासेम सोलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारवाहीमा मारिएपछि जवाफमा इरानले अमेरिकी दुतावास र सैन्य क्याम्पहरुमा आक्रमण गर्दै आएको छ।
अमेरिकी हस्तक्षेप बढेको भन्दै लाखौं सर्वसाधारण आन्दोलनमा उत्रिएका बेला रकेट आक्रमण गरिएको समाचारमा जनाइएको छ।इरानले यसअघि अमेरिकी दुततवासमा रकेट आक्रमण गर्ने क्रममा युक्रेनको बोइङ विमान दुर्घटना गराउँदा एक सय ६७ जनाको मृत्यु भएको थियो।
दुर्घटना इरानले प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको भन्दै क्षमा मागेपछि इरानी नेतृत्वविरुद्ध समेत प्रदर्शन भइरहेको छ। यस्तै इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै सर्वसाधारणले अमेरिकाविरुद्ध समेत विरोध गरिरहेका छन्।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन्।यसैबीच अमेरिकी दुतावासमा भएको हमलाको इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले निन्दा गरेका छन्।