सर्लाही– सर्लाहीको हरिपुर नगरपालिका१ को जानकीनगरमा बसले ठक्कर दिँदा एक जना नाबालिकाको मृत्यु भएको छ।
ना १ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका सुरेन्द्र साहकी २ वर्षीया छोरी दीपाञ्जली कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।